आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

मेगा बैंकले ल्यायो फोनबाटै २ लाखसम्म कर्जा पाइने सुविधा

गोकर्णेश्वर खबर५ असार २०७८, शनिबार १४:४५ मा प्रकाशित (२ साल अघि) २६८ पाठक संख्या

काठमाडौं । मेगा बैंक नेपालले स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको छ ।

यस सुविधामार्फत मेगा बैंकमा मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरूले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् ।

विना झन्झट, विना धितो, बैंकमा उपस्थित नभई, विना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने र कर्जा लिन इच्छुक ग्राहकहरूले बैंकको शाखा भ्रमण गर्नुनपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट नपर्ने बैंकले जनाएको छ ।