आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

तामाकोशी बहाव थुनिएको सूचना आयो, सतर्क रहनूहोला – जिल्ला प्रशासन कार्यालय

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार २३:०२ मा प्रकाशित (२ साल अघि) ७१२ पाठक संख्या

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचीत गरेको छ। शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै प्रशासनले चीनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको जनाएको छ।पहिरोले नदी थुनिन पुगेको भन्दै प्रशासनले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको छ ।‘नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङचा शहर र यसको आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदिको प्रवाह रोकिएको सूचना प्राप्त भएको छ। कुनै पनि समयमा तामाकोशीमा पानीको बहाब बढेर बाढी आउनसक्नेछ’, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।नेपाल-चीन सिमा नजिकको बस्ती र नदिको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचीत गरेको छ। ‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानु हुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ’, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।