आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौँ उपत्यकामा आज थप ५०८ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार १८:०३ मा प्रकाशित (२ साल अघि) २२६ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९४ जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ६० जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै नेपालभर २ हजार ७६८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ९६३ र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०५ जना गरी २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।