आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पछिल्लो २४ घण्टामा २,७६८ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार १७:४१ मा प्रकाशित (२ साल अघि) २५७ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ९६३ र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०५ जना गरी २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।