आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बनेपामा आमा र छोरा मृत भेटिए

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार १४:३६ मा प्रकाशित (२ साल अघि) २१८ पाठक संख्या

काभ्रे– बनेपा–११ स्थित सिनागालमा आमा र छोरा मृत फेला परेका छन् ।

पाँचखाल–६ स्थायी घर भई डेरा गरी बस्ने ३० वर्षीया मनीषा कार्की घिमिरे र उनका ६ वर्षीय छोरा युवान मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार मनीषाका श्रीमान् ३३ वर्षीय माधवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आमा र छोरालाई ‘मारेर’ भागेको सूचना आएपछि प्रहरीले माधवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयमा वान्ता गरेका उनले आफूले विष खाएको बताएका थिए ।

कोठाबाट प्यारासिटामोल औषधि बरामद भएको प्रहरीले जनाएको छ । मृतकको पोस्टमार्टमपछि घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।