आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

शरीरलाई शुद्ध पार्ने उर्वशीको ‘माटो थेरापी’

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार १४:०८ मा प्रकाशित (२ साल अघि) ५५८ पाठक संख्या

काठमाडौं । बलिउड नायिका उर्वशी रौटेला आफ्ना तस्वीरहरुका कारण चर्चामा आउँछिन् । चलचित्रमा खासै चर्चा नभएपनि उनका विभिन्न गतिविधी भने चर्चामा रहेको पाइन्छ ।

उर्वशी रौटेला स्टेज कार्यक्रममा पनि महंगो रकम लिने नायिकामा पर्छिन् । उनै, उर्वशीले सामाजिक संजालमा राखेको एक तस्वीर अहिले सर्वाधिक चर्चामा छ ।

उनै, माटोको थेरापी गरेको तस्वीर पोष्ट गर्दै यसले शरीरलाई शुद्ध राख्ने उल्लेख गरेकी छिन् । माटोको थेरापी आफ्नो मनपर्ने थेरापीमध्ये एक रहेको भन्दै उर्वशीले बेलिएरिक समुन्द्रको तटको माटोको आनन्द लिइरहेको उल्लेख गरेकी छिन् । उनले, यो माटोमा पाइने खनिजले छालालाई राम्रो गर्ने पनि बताएकी छिन् ।

उर्वशीले लेखेकी छिन्–‘माटोको उपचारले शरीरलाई शुद्ध पार्ने, छालालाई नरम बनाउने, पीडालाई कम गर्ने काम गर्छ ।’

उर्वशीको यो तस्वीर सामाजिक संजालमा भाइरल भैरहेको छ । उनको तस्वीरमा १३ लाख भन्दा बढी लाइक र हजारौ प्रतिक्रिया आएका छन् ।