आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कांग्रेस पूर्वसांसद कृष्णसिंह परियारको निधन

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार १२:३४ मा प्रकाशित (२ साल अघि) २४६ पाठक संख्या

काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिए ।

उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो ।

उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए । परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् ।

प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।