आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पेरुमाथि ब्राजिलको ४-० को सानदार जित

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार १२:२६ मा प्रकाशित (२ साल अघि) ३९० पाठक संख्या

काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा पेरुमाथि ब्राजिलले ४-० को सानदार जित हात पारेको छ। यो जारी प्रतियोगितामा ब्राजिलको लगातार दोस्रो जित पनि हो।

ब्राजिलको लागि एलेक्स सान्ड्रो, नेमार, एभर्टन र रिचार्लीसनले एकरएक गोल गरे।

१२ औं मिनेटमा सान्ड्रोको गोलबाट ब्राजिलले अग्रता लिएको थियो। उक्त गोलसँगै पहिलो हाफमा १-०ले अघि रहेको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो।

६८औं मिनेटमा नेमारले ब्राजिलको अग्रता दोब्बर पारे। ८९औं मिनेटमा एभर्टन र इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए।

पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो। जितसँगै ब्राजिल समूह ‘ए’ मा ६ अंकसहित शीर्षस्थानमा छ। पेरु भने पुछारमा छ।