आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

यी हुन् कांग्रेस बैठकले गरेका निर्णयहरू (प्रेस विज्ञप्तिसहित)

गोकर्णेश्वर खबर४ असार २०७८, शुक्रबार ०६:३१ मा प्रकाशित (२ साल अघि) २१५ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले बिहीबार महत्त्वपूर्ण निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदमा बोलेको विषयमा प्रहरीमा उजुरी दर्ता भएकोप्रति आपत्ति जनाउँदै संविधानको प्रतिकूल हुने गरी कुनै पनि प्रक्रिया नगर्न, नगराउन सरकारलाई सचेत गराएको छ ।

कांग्रेसले बाढीपहिरोबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापना गर्न तथा कोरोना रोकथाम र नियन्त्रणका लागि खोपको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

पढ्नुहोस् प्रेस विज्ञप्ति –

असार ३, २०७८
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकले देहायका प्रस्ताव पारित गरेको छ –
(१) बाढी पहिरो सम्बन्धमा
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक मनाङ, गोरखा, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, डोटी, जाजरकोट, ताप्लेजुङ्ग लगायतका विभिन्न जिल्लाहरुमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।
सिन्धुपाल्चोक जिल्लामा ६ जना, बाजुरा, कास्की, पाल्पा र डोटीमा एक÷एक जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, प्यूठान, गोरखा र अर्घाखाँचीमा एक÷एक जना वेपत्ता भएका छन् । बाढी पहिरोपछिको विपद केन्द्रीत खोज तथा उद्धार कार्य जारि रहेकाले मृतक तथा वेपत्ताको संख्या अझै वढन सक्ने अवस्था रहेको छ । विपतमा परी ११ जना घाइते भएका छन् । यस दुःखद घडीमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको यो बैठक कामना गर्दछ । हालसम्मको विवरण अनुसार ८९ घर÷आवास लगायत भौतिक संरचनामा बाढी पहिरोबाट पूर्ण र २६ वटामा आंशिक क्षति पुगेको छ । प्रकोपबाट सार्वजनिक, निजी तथा जलविद्युत आयोजनाका संरचना पनि नष्ट भएका छन् । वर्षा पछि आएको बाढीले १६५ वटा घर डुवानमा परेका छन् । विभिन्न स्थानलाई जोड्ने पक्कीपुल, झोलुङ्गेपुल बगाएको छ, सडक मार्ग समेत क्षतिग्रस्त भएर आवागमन अवरुद्ध भएको छ । हजारौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् । नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । हरेक वर्षायाममा आउने यस प्रकारको विपत्तिवाट जोगिन पूर्व तयारीमा जुटनु पर्ने सरकार गैर जिम्मेवार र असंवेदनशील हुनुले यस्तो दुःखद नियतिको शिकार सिंगो मुलुक र नागरिकहरु हुनु परेको छ ।
यस विषम परिस्थितिमा हराएकाहरुको खोजी, उद्धार, घाईतेहरुको उपचार र विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न र राहत कार्यमा जिम्मेदारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गरिन्छ ।
वाढी पहिरोको जोखिम आगामी दिनमा थप वढन सक्ने पूर्व अनुमान दृष्टिगत गर्दै देशभर सबैलाई सजग भएर यसको सामना गर्न तथा हाम्रो स्थानीय पार्टी पंक्तिलाई सकृयतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आव्हान गर्दै सरकारका तीनवटै तहहरुलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुटन आग्रह गरिन्छ ।
(२) कोभिड–१९ सम्बन्धमा
सरकारको चरम लापरवाही र सत्ता केन्द्रीत राजनीतिका कारण देश चौतर्फी संकटमा परेको छ । कोभिड–१९ को महामारीको रोकथाम र उपचारलाई युद्ध स्तरमा लाग्नु पर्नेमा यस महामारीलाई सत्ता सुरक्षा कवचको रुपमा सरकारले प्रयोग गर्दैछ । कोभिड–१९ को रोकथाम र उपचारमा सक्रिय हुन निरन्तर खबरदारीका वावजुद सरकारले यसलाई प्राथमिकतामा राखेन । संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउनको सहारा लिन प¥यो । यसले निम्न वर्गका नागरिकहरु खासगरी श्रमजीवी वर्ग दैनिक जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । संक्रमितहरुको उपचारमा पहुँचको समस्या र पहुँचमा पुगेकाहरुलाई चर्को उपचारको खर्चको समस्या पनि भयावह छ । नेपाली कांग्रेस सरकारसँग फेरि पनि कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा गम्भीर हुन माग गर्दछ । साथै, लकडाउनका कारण आर्थिक संकटमा परेका निम्न वर्ग र श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्दछ । बन्दका कारण साना, मझौला व्यवसायीहरुले भोग्न परेको मर्कालाई ध्यानमा राखी व्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुर्नकर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गर्दछ । समग्रमा नेपाली कांग्रेसले गत समयमा कोभिड–१९ को रोकथाम, उपचार र राहतका सम्बन्धमा वुँदागत रुपमा उठाउँदै आएका सार्वजनिक सरोकारका विषयहरुप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ ।
कोभिड–१९ संक्रमण रोक्ने भरपर्दो उपाय खोप नै हो तर सरकारको अर्कमण्यता र स्वार्थका कारण आम जनतालाई खोप पु¥याउने काम असम्भव भएको छ । पहिलो खोप पाउनेहरुले समेत दोस्रो खोप नपाउँदा पहिलो खोपको प्रभाव पनि निष्प्रभावी बन्दैछ । नेपाली कांग्रेस फेरि पनि सरकारलाई आम नेपाली जनतालाई खोपको सुनिश्चितता गर्न माग गर्दछ । नेपाली कांग्रेस मित्रराष्ट्रहरुले गरेको अन्तर्राष्ट्रिय खोप सहयोगको घोषणालाई स्वागत गर्दै नेपालमा संक्रमणको स्थितिलाई ध्यानमा राखी जतिसक्दो खोप सहयोग उपलब्ध गराउन पनि अनुरोध गर्दछ ।
नेपाली कांग्रेसको आह्वानमा देशभरि केन्द्रदेखि जिल्ला, क्षेत्र र गाउँ÷नगर वडा तहसम्मका संरचनाहरु, विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई कोभिड–१९ रोकथाम, उपचार र राहतमा सक्रिय सहयोगका लागि धन्यवाद दिन चाहन्छ । साथै, यस कार्यमा आगामी दिनहरुमा पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछ ।
(३) नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष केन्द्रीय निर्वाचन समितिबाट चैत्र १३, २०७७ मा प्रस्तुत प्रतिवेदन अनुसार सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सा जिल्ला समेतको स्थानीय तह संगठन पुर्नसंरचनाको समायोजन गरिएकोमा, समायोजनको निर्णय उपर केही उजुरी र गुनासाहरु प्राप्त भएको र सो उजुरी तथा गुनासाहरुको निर्णय गरिसक्दा समेत निर्देशिका बमोजिम भएन भनी पटक–पटक समिति समक्ष उजुरी तथा गुनासाहरु आएको र त्यस्ता उजुरी र गुनासाहरु केन्द्रीय निर्वाचन समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिवेदन सहित पठाइएकोमा,
माथि उल्लेखित जिल्ला समेतको पार्टी अन्तरिम संरचना समायोजन सम्बन्धी उजुरी र गुनासाहरुको नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ आषाढ १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेश गर्ने ।
(४) नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णय लगायतका आवश्यक कागजात सहित पेश हुन आएकोले क्रियाशील सदस्यता स्वीकृत गर्ने ।
(५) वाग्मती प्रदेश सभा सदस्य मा. नरोत्तम वैद्यले जेष्ठ २८ गते प्रदेश सभामा दिएको अभिव्यक्ति अमर्यादित भएको भन्दै नेपाली कांग्रेस र नेपाली कांग्रेस संसदीय दल वाग्मती प्रदेशले, तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन मा. नरोत्तम वैद्यलाई निर्देशन दिएको र सोही अनुरुप मा. नरोत्तम वैद्यले आफूले बोलेको कुरा फिर्ता लिई जेष्ठ २९ गतेको प्रदेश सभा बैठकमा संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो । त्यस पश्चात सो अभिव्यक्ति संसदको रेकर्डबाट हटिसकेको विदित नै छ ।
तर संसदमा वोलेको विषय संसदको नियम अनुसार संसदमै टुंगिसकेपछि पनि, उक्त विषयलाई लिएर आग्रहका साथ मा. नरोत्तम वैद्य विरुद्ध दिएको जाहेरी दर्ता गर्नु र प्रक्रिया अगाडि वढाउन खोज्ने वदनियतप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको संविधानको धारा १८७ ले “प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारवाही चलाइने छैन” भन्ने कुरा स्पष्ट गरेको छ । यस उपर सभामा अभिव्यक्ति दिने सदस्य स्वयंले आफुले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरेको र सभामुखले हटाउन आदेश दिएर, संसदको विषय संसदमै टुंग्याइसकेपछि पनि सरकारको ठाडो निर्देशनमा प्रदेश सभा सदस्य विरुद्ध उजुरी लिई कारवाहीको प्रक्रिया अगाडि बढाउनु प्रदेश सभाको विशेषाधिकार विरुद्ध हो, संविधान विपरित हो भन्ने कांग्रेसको ठहर छ ।
अतः संविधानको प्रतिकुल हुने गरी कुनै पनि प्रक्रिया नगर्न, नगराउन नेपाली कांग्रेस सरकारलाई सचेत गराउँछ ।
शोक प्रस्ताव :
नेपाली कांग्रेसका नेता, तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, संविधान सभा सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्व सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति तथा नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा शिवबहादुर खड्काको वैशाख १९ गते; तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य, राष्ट्रिय सभाका पूर्व सदस्य, नेपाली कांग्रेस खोटाङका पूर्व महासमिति सदस्य, पूर्वीय दर्शन तथा संस्कृत साहित्यका रत्न एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. विदुर पौडेलको वैशाख १८ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य देवीप्रसाद न्यौपाने; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्व सभापति पृथ्वीबहादुर कार्कीको वैशाख २७ गते; नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी चितवनका महेश्वरलाल श्रेष्ठको जेठ २२ गते; नेपाली कांग्रेस लम्जुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हरिभक्त अधिकारीको जेठ ३० गते; पूर्व मन्त्री मोतिप्रसाद पहाडीको वैशाख २३ गते; नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको जेठ १ गते; नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य दिलबहादुर घर्तीकी धर्मपत्नी मुक्ता उपाध्यायको वैशाख २७ गते; संविधान सभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कैलालीका सल्लाहकार रबनी चौधरीको वैशाख १९ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं पूर्व महासमिति सदस्य नुवाकोटका विष्णुप्रसाद अधिकारीको वैशाख २४ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, प्रजातन्त्र सेनानी एवं साहित्यकार रमाप्रसाद रिजालको वैशाख ३१ गते; सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको जेठ १३ गते; नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पदमबहादुर अधिकारीको वैशाख २६ गते; नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य एवं नेपाली कांग्रेस कपिलवस्तुका महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद गैरेको वैशाख ३० गते; वीपी कोइरालाका सहयोद्धा धनवर्ण राई “काका” का जेठा छोरा नेपाली कांग्रेस झापाका अग्रज नेता प्रेम राई; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, तत्कालीन गुल्मी क्षेत्र नं. ३ का पूर्व सभापति एवं ईश्मा गाउँ कार्यसमितिका पूर्व सभापति रामचन्द्र रिजालको जेठ १ गते; तनहुँ कालिमाटी निवासी प्रजातन्त्र सेनानी हरिराज सिलवालको वैशाख ३१ गते; नवलपुलर जिल्ला बौदिकाली गाउँपालिका वडा नं. ३ का प्रजातन्त्र सेनानी नलराज पाण्डेको वैशाख २४ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं स्याङ्जाका नेता गजिन्द्र प्रकाश मल्लको जेठ ४ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको जेठ ८ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्व सचिव रमेशवावु थुलुङको जेठ १६ गते; नेपाली कांग्रेस बाराका पुराना अग्रज नेता, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य एवं नेपाली जनसम्पर्क समिति फ्रान्सका संस्थापक किरणचन्द्र सिंह प्रधानको जेठ ८ गते; काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ४ का निर्वाचित वडा अध्यक्ष तथा नेपाली कांग्रेसका वडा सभापति वुद्धिबहादुर तामाङको वैशाख २६ गते; नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. १ का पूर्व सभापति कृष्णमान गुभाजु; नेपाली कांग्रेस साविक दधिकोट गाउँ कार्यसमितिका सभापति एवं २०४९ को स्थानीय निर्वाचनमा गाविस अध्यक्ष पूर्णप्रसाद न्यौपानेको वैशाख २५ गते; रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामेश्वर यादवको जेठ ४ गते; नेपाली कांग्रेस सप्तरीका नेता एवं नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष राधाकान्त देवको जेठ ८ गते; नेपाली कांग्रेसका काठमाडौंका अग्रज व्यक्तित्व हिरामान श्रेष्ठको जेठ ८ गते; नेपाली कांग्रेसका नेता स्व. शेष इद्रिशका कान्छा भाई शेष जहिरका जेठा छोरा रौतहटका डा. समिम अख्तर; नेपाली कांग्रेस जिल्ला कार्यसमिति, अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ का पिता गंगाराम खनालको जेठ ११ गते; नेपाली कांग्रेस यातायात व्यवसायी समन्वय विभागका सदस्य स्याङ्जाका पूर्ण के.सी. को जेठ १३ गते; धनुषाधाम नगर वडा नं. ५ का क्षेत्रीय सदस्य श्रीकृष्ण यादवको जेठ २ गते; मिथिला विहारी नगरपालिका वडा नं. ३ का योगेन्द्र मण्डलको आमा शकलीदेवी मण्डलको जेठ २२ गते; धनुषा हंसपुर नगरपालिका वडा नं. ८ का वेचन मण्डलको पिता दरवारी मण्डल र माता मलेशिया मण्डलको वैशाख २ गते; नेपाल ट्रेड युनियन प्रदेश नं. १ उपाध्यक्ष झापाका देउमान लिवाङ; नेपाल ट्रेड युनियन पाँचथरका अध्यक्ष एकराज भण्डारी; रौतहट जिल्ला परोहा नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसका वडा सभापति एवं पूर्व गा.वि.स. अध्यक्ष सहदेव राय यादवको जेठ १६ गते; रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष, नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति एवं पूर्व गा.वि.स. अध्यक्ष विसुनदेव सहनीको जेठ २० गते; रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं. ४ निवासी नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व एवं पूर्व गा.वि.स. अध्यक्ष शेख मन्जारुल हकको जेठ २० गते; नेपाल महिला संघ केन्द्रीय कार्यसमितिका सदस्य ४३ वर्षीया संगिता कर्माचार्यको जेठ २२ गते; नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य एवं झापाका होनहार युवा नेता दिपेन्द्र पोखरेलको जेठ २५ गते; मोरङ जिल्ला उर्लाबारी नगरपालिका वडा नंं ५ का नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व लालबहादुर तामाङको जेठ २७ गते; जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. ४ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि गणेशबहादुर रावल र पाँचथर फाल्गुनानन्दका सक्रिय व्यक्तित्व युगबहादुर पोखरेलको जेठ २८ गते; पूर्व सांसद ज्ञानु के.सी. एवं पूर्व क्षेत्रीय सभापति टोपबहादुर के.सी तथा युवा नेता वसन्त के.सी.का पिता द्रोणबहादुर के.सी.; भोजपुर जिल्ला साल्पा सिलोसो गाउँ कार्यसमितिका सभापति महेश राईकी धर्मपत्नी सरु गिरी राई; मोरङ विराटनगर—७ का सक्रिय व्यक्तित्व जगदीश आचार्य; नेपाली कांग्रेस खोटाङका पूर्व सभापति विष्णुकुमार राईका पिता डिल्लीप्रसाद राई; मोरङ रतुवामाई न.पा. ४ का सभापति वासुदेव सिंह गनगाई; कञ्चनपुरका भूपू सैनिक संघका नेता बहादुरसिंह भाट; नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. २ का सचिव सुदर्शन ऐर; कञ्चनपुरका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तारा बलायर; प्रदेश नं. ७ नेपाली कांग्रेस संसीय दलका नेता डा. रणबहादुर रावलका पिता शेरबहादुर रावल; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य कैलालीका गगनराज भट्ट; नेपाली कांग्रेस सोलुका पूर्व सभापति प्रभुराम बस्नेतका भाई भैरबबहादुर विष्ट; गोरखा क्षेत्र नं. १ (ख) का सभापतिका पिता स्थीरबहादुर गुरुङ; नेपाली कांग्रेस उद्योग व्यापार विभागका सदस्य कञ्चनपुरका तारादत्त पनेरु; नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सदस्य दीर्घराज भट्ट; प्रदेश नं. ७ का सांसद गोविन्द बोहराको आमा; प्रजातन्त्र सेनानी स्याङ्जाका थानेश्वर पौडेल; तेह्रथुमका पूर्व महासमिति सदस्य होमप्रसाद भेटुवालको वैशाख २२ गते; तनहुँका महाधिवेशन प्रतिनिधि हाजी रफिक मियाँ र तनहुँका नेता वावुराम पण्डितको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।
बैठकमा धारणा व्यक्त
आजको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, शंकर भण्डारी, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, शिवप्रसाद हुमागाँइ र डा. टि.एन.योगीले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यसमितिको अर्को बैठक
केन्द्रीय कार्यसमितिको बैठक २०७८ असार ४ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव