आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जसपा उपेन्द्र पक्षद्धारा सरकारमा सहभागी ९ नेतालाई पार्टीबाट निष्कासन

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार २०:४५ मा प्रकाशित (२ साल अघि) २९८ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको उपन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

बैठकले पार्टीको आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग जाने निर्णय पनि गरेको छ । राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३ अनुसार आधिारिकता दाबी गर्ने निर्णय गरेको हो ।

यसअघि उनीहरूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जनालाई गरेको कारबाही अद्यावधि गर्न दिएको निवेदन अध्यावधिक गर्न आयोगले अस्वीकृत गरेको थियो ।

बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।