आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सिन्धुपाल्चोक बाढीपीडितलाई कागेश्वरी मनोहरा नगरपालिकाको २० लाख सहयोग

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार १८:४० मा प्रकाशित (२ साल अघि) ११७६ पाठक संख्या

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र  हेलम्बु गाउपलिकाको विपद राहत  कोषमा १० /१० लाख रुपैयाँको दरले सहयोग गर्ने भएको छ ।

नगरपालिकाले आज बिहान नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरुप मेलम्ची नगर पालिका तथा हेलम्बु गाउपलिकको विपद राहत कोषमा १० /१० लाख रुपैयाका दरले कागेश्वरी मनोहरा नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको छ।

मंगलबार राति मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुबानमा परेको र सयौँ मानिस घरबारविहीन भएका छन् ।