आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्ण आइसोलेशन केन्द्रलाई माइती गरुडा च्यारिटेवल ट्रस्टबाट स्वास्थ्य सामग्री हस्तान्तरण

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार १७:४४ मा प्रकाशित (२ साल अघि) ४०३ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा रहेको गोकर्ण आइसोलेशन केन्द्रलाई माइती गरुडा च्यारिटेबल ट्रस्टले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

माइती गरुडा च्यारिटेवल ट्रस्टले सञ्चालन गरेको “सहयोग केन्द” मार्फत स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो । ट्रस्टले आइसोलेशन केन्द्रलाई हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीमा दुईथान अक्सिजन कन्सन्टे«्टर, १७ जना विरामीहरुलाई पौष्टिक आहार, मास्क, सेनिटाइजर, फलफूल, हर्लिक्स लगायतका सामग्रीहरु रहेका छन् । सामग्रीहरु नगर प्रमुख सन्तोष चालिसेबाट हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गो.न.पा. वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, धार्मिक तथा अध्यात्मिक सद्भावना दुत रेखा अर्याल तथा शिक्षासेवी लक्ष्मी पुडासैनी लगायतको उपस्थिती रहेको थियो ।

यस कार्यक्रमका संयोजक नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले अभियानमा आबद्ध भएका सम्पूर्ण सहयोगी महानुभाव, स्वस्थ्यकर्मी लगायत आइसोलेसनमा आबद्ध चिकित्सकहरु प्रति धन्यवाद व्यक्त गरेका छन् ।