आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पोर्चुगलद्धारा हंगेरी ३–० ले पराजित,रोनाल्डोले बनाए तीन विश्व किर्तिमान

गोकर्णेश्वर खबर२ असार २०७८, बुधबार १३:३० मा प्रकाशित (२ साल अघि) २३८ पाठक संख्या

काठमाडौं । पोर्चुगलका कप्तान तथा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले युरोकप फुटबलमा तीन किर्तिमान बनाएका छन्।

गएराति भएको समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गरेको छ। जुन खेलमा रोनाल्डोले तीन र्कििर्तमान बनाएका हुन्।

रोनाल्डोले हगेंरीको विरुद्धको खेलमा मैदान उत्रँदै लगातार पाँचौ सिजन युरोकप खेल्ने किर्तिमान बनाए। समूह चरणको पहिलो खेलमा नै दुई गोल गरेका रोनाल्डोले फरक पाँच सिजनमा गोल गर्ने एक्ला खेलाडीको किर्तिमान समेत आफ्नो नाममा गरे।

रोनाल्डोले २००४ को संस्करणमा २ गोल गरेका थिए। त्यसैगरी २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गरेका थिए।

यस्तै रोनाल्डोले मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमानलाई भंग गर्दै युरोकपमा सर्वाधिक ११ गोल गर्ने किर्तिमान पनि आफ्नो नाममा लेखाए।

योसँगै रोनाल्डोको अन्तराष्टिय गोल सख्यां १ सय ६ पुगेको छ। उनी सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने इरानका अली दाई भन्दा तीन गोलले पछि छन्। अली दाईले १ सय ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्।