आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

एमाले वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगिंदै

गोकर्णेश्वर खबर२ असार २०७८, बुधबार १०:४७ मा प्रकाशित (२ साल अघि) ६७८ पाठक संख्या

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।

उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।