आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीका कारण घरको छतमा फसेकाहरु उद्धारका लागि हारगुहार गर्दै

गोकर्णेश्वर खबर२ असार २०७८, बुधबार १०:०१ मा प्रकाशित (२ साल अघि) ७४५ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।

उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ‘टाढाबाट हेर्दा घरको छतमा चार जना देखिन्छन्, उद्धारको लागि उनीहरुले हारगुहार गरेको देखिन्छ,’ पौडेलले भने, ‘त्यहाँको परिस्थिति हेरेर सेनाको टोलीले उद्धार गर्छ ।’

पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।