आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाद्वाराओख्रेनीमा राहतसंगै निःशुल्क स्वास्थ शिविर

गोकर्णेश्वर खबर३१ जेष्ठ २०७८, सोमबार ०७:०२ मा प्रकाशित (२ साल अघि) ३८० पाठक संख्या

जेठ ३०, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाद्वारा वडा नं. –१ स्थित ओख्रेनी र चिलाउनेमा राहत वितरण संगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सोही वडाका अध्यक्ष राम मानन्धरको नेतृत्वमा आज (आईतबार) करिब ५ सय घरधुरीलाई चामल, माक्स, डिटोल सावुन लायत सामग्री हस्तान्तरण गरेको छ ।

 

राहत वितरण कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, नगर प्रमुख सल्लाहकार दीपक रिसाल, वडा अध्यक्ष राम मानन्धर, वडा सदस्य राजेन्द्र कुमार रोक्का, आईते तामाङ, वडा ८ का सदस्य नन्दलाल श्रेष्ठ, सामाजिक अभियन्ता गोकुल रोक्का लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।

विश्व लगायत नेपालमा पनि कोभिडको दोस्रो लहर प्रवेशसंगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले गरेको निषेधाज्ञाका कारण नगरपालिकाको अति विकट ठाउँ चिलाउने, ओख्रेनी र मूलखर्कका बस्तीमा रोजीरोटी गर्नबाट बञ्चित भएकाले केही राहत होस भनेर नगरपालिकाले सहयोग गरेको नगर प्रमुख सन्तोष चालिसेले बताए ।

 

त्यस क्षेत्रमा कोरोना संक्रमणको लक्षण देखिएका विरामीहरुको संख्या बढेको र केहीमा संक्रमण समेत भएकाले नगरपालिको आयोजना तथा मद्दत नेपालको सहयोगमा रोक्पा कोभिड– राहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको वडा अध्यक्ष मानन्धरले बताए ।

शिविरमा आएका गाउँलेहरुलाई मल्टिभिटामिन, क्याल्सियम, सिटामोल, कप सिराप, एन्टिबोइटिक लगायत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने स्वास्थ्य सामाग्री उपलब्ध गराएको रोक्पा कोभिड– राहत निःशुल्क स्वास्थ्य शिविरका प्रतिनिधिले जानकारी दिए ।