आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

युवाहरुको नेतृत्व विकास सम्बन्धि एक हप्ते तालिम

गोकर्णेश्वर खबर३० जेष्ठ २०७८, आईतवार २१:२८ मा प्रकाशित (२ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं । युवाहरूको नेतृत्व विकास सम्बन्धि एक हप्ते तालिम सम्पन्न भएको छ । द आर्ट अफ लिभिङ नेपालको आयोजनामा अनलाइन प्लाटफर्म जुमको माध्यमबाट भएको तालिम शनिवार सम्पन भएको हो ।

युवाहरुमा रहेको अत्भुत शक्तीको विकासलाई प्रस्फुटन गराउन, उनीहरुलाई सामाजिक रुपान्तरण जस्ता कार्यमा सक्रिय बनाउनुका साथै कुलतमा फसेका युवाहरुमा नयाँ चेतानाको विकास गर्दै नयाँ नेपाल निर्माण गर्ने उद्देश्यले Youth Leadership Training Program (YLTP) कार्यक्रम गरेको प्रशिक्षक यादव राउतले जानकारी दिए ।

तालिममा देशभरबाट १९ जना द आर्ट अफ लिभिङ, नेपालका शिक्षकहरुको प्रशिक्षणमा २५० जना भन्दाबढीको सहभागिता रहेको थियो।

फरक–फरक ६ समुुहमा सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै द आर्ट अफ लिभिङका प्रशिक्षक लिला लामिछानेले पछिल्लो समय युवाहरु विभिन्न प्रकारका विसङ्गती तथा विकृतिमा लाग्ने गरेको पाईएको भन्दै यस प्रकारका तालिमले उनीहरुलाई सही मार्गमा हिँडाउन प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रशिक्षक लामिछानेले तालिमबाट सिकेका ज्ञान, सिप व्यवहारमा लागू गर्दै जानुपर्ने बताए । यस्तै कार्यक्रममा द आर्ट अफ लिभिङका अर्का प्रशिक्षक यादव राउतले समाज रुपानतरणका लागि तालिम जीवन उपयोगी हुने तथा समाजलाई निरन्तर सहि दिसामा बढाउन यस्ता कार्यक्रम आबश्यक रहेकोे बताए ।

तालिममा द अर्ट अफ लिभिङका भोलिन्टीयर तथा १९ जना प्रशिक्षक सहित २५० जना भन्दा बढी सहभागीहरुको सक्रियता रहेको थियो । तालिम गत जेष्ठ २३ गतेबाट सुरु भएको थियो ।