आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

हिमालय मैत्री फाउन्डेसन र आशा र चुनौती सस्था द्वारा खाद्यान्न वितरण

गोकर्णेश्वर खबर३० जेष्ठ २०७८, आईतवार २०:१० मा प्रकाशित (२ साल अघि) ३६५ पाठक संख्या
हिमालय मैत्री फाउन्डेसन र आशा र चुनौती सस्था द्वारा गोकर्णेश्वर वडा २ नयाँपाटीमा कोरोना कहरको कठिन समयमा ४० जना घरपरिवारलाई राहत स्वरुप खाद्यान्न , माक्स तथा नुहाउने साबुन वितरण गरेको छ ।
उक्ता कार्यक्रममा आशा र चुनौती सस्थाका गेशे वाङ्चेन , हिमालय मैत्री फाउन्डेसनका संस्थापक खेन रिन्पोछे फुर्बा दोर्जे तामाङ, सस्थाका उपअध्यक्ष तथा समाज सेवीयाङजी लामा योन्जन , सस्थाका महासचिव आचार्या बुद्ध लामा, गोकर्णेश्वर २ का नागरिक समाजका प्रेम श्रेष्ठ , दिपेन्द्र लामा , रोज लामा लगायतको उपस्थिति रहेको थियो ।