आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

थप ३३८४ जनामा संक्रमण, ६२९५ जना संक्रमणमुक्त

गोकर्णेश्वर खबर२९ जेष्ठ २०७८, शनिबार १८:३८ मा प्रकाशित (२ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।

आज थपिएको संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यो अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको तथ्यांकमा उल्लेख छ ।

यहि अवधिमा थप ६१ जनाको मृत्यु भएको छ भने नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।