आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली काँग्रेसका युवा नेता गणेश लामा रिहा

गोकर्णेश्वर खबर२९ जेष्ठ २०७८, शनिबार १२:३१ मा प्रकाशित (२ साल अघि) ६७२ पाठक संख्या

काठमाडौ । नेपाली काँग्रेस युवा नेता गणेश लामा छुटेका छन ।

कास्कीका प्रमुख जिल्ला अधिकारीले उनलाई दुई हजार जरिवाना लिएर रिहा गर्न आदेश गरेका हुन ।  बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पोखराको लेक साइड स्थित खहरेबाट पक्राउ गरेको थियो । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले बताएका थिए ।

लामासँगै पक्राउ परेका चन्द्र लामा र दिपक खड्का पनि जनही दुई हजार जरिवाना तिरेर छुटेका छन ।

पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनुअघि सांसद दिपक मनाङे सम्पर्कमा नआएपछि बिहीबार प्रहरीले उनको घरमा पुगेर सोधपुछ गरेको थियो । सम्पर्क बिहिन भनेर सूचना आएपछि खोज्नका लागी प्रहरी घरमा गएको कास्कीका एसपी श्रेष्ठले बताए । गणेश लामाको पहलमा गण्डकी प्रदेश सभामा मनाङे भोट हाल्न नगएको आरोप लगाईएको छ ।