आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपाल मेडिकल कलेजको शेयर खरिद बिक्रीबारे कर्मचारी युनियनले जनायो विरोध,कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्बोधन गर्न माग

गोकर्णेश्वर खबर२८ जेष्ठ २०७८, शुक्रबार २१:१४ मा प्रकाशित (२ साल अघि) १४८२ पाठक संख्या

काठमाडौं । जोरपाटी अत्तखेलस्थीत नेपाल मेडिकल कलेजको शेयर खरिद बिक्रीबारे मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन)ले विरोध जनाएको छ ।

युनियनले आज एक ध्यानाकर्षण पत्र जारी गर्दै कर्मचारी र स्वास्थ्यकर्मिहरुको हकहितलाई सम्बोधन नगरी शेयर खरिद बिक्री प्रक्रियालाई अगाडी बढाउन खोजिएको भन्दै विरोध जनाएको हो ।

नेपाल स्वास्थ्य शिक्षा प्रतिष्ठान (नेहा) अन्तरगत नाफारहित संस्थाको रुपमा संचालित नेपाल मेडिकल कलेजलाई नाफामुलक संस्थाको रुपमा संचालन गरी यस संस्थाका श्रमिकहरुको श्रम शोषण गर्ने कार्य प्रारम्भ पहिलेदेखि हुँदै आएको भन्दै त्यस्ता गतिविधि रोक्न युनियनले ध्यानाकर्षण गराएको हो । ‘विगत दुई वर्ष देखी यस प्रालिको नाउँको शेयरहरु शेयरधनिको शेयर खरिद बिक्रिको प्रक्रियाहरु भईरहेको र हाल पनि सो क्रम जारी नै रहेकोले यस यूनियन नेपाल मेडिकल कलेज प्रालिमा कार्यरत कर्मचारीहरुको हकहितको विषयलाई लिएर अत्यन्त गम्भिर र चिन्तित रहेको जानकारी गराउन चाहन्छु’ युनियन सचिव उमेर कार्कीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ‘सुरुवाती लगानी करीव ६ करोड ३०लाख बाट वर्तमान अवस्थामा आईपुग्दा करीव १० अरवमा संस्थालाई बेच बिखन गर्ने कार्य अन्तिम चरणमा पुगेकोमा यस संस्थाको पुजिगत बृद्धि हुनुमा यस संस्थामा आवद्ध कर्मचारीहरुको मेहनत, श्रम र पसीनाको फल हो भन्ने कुरालाई संस्थाले कहिं कतैवाट पनि सम्बोधन गर्न सकेको पाईएन ।’

युनियन अध्यक्ष किरण केसीले खरिदकर्ता तथा बिक्रिकर्तालाई संस्थाको बिकाशमा अवरोध उत्पन्न नगर्न तथा स्वास्थ्यकर्मिहरुको हकहितलाई सम्बोधन गर्नबाट बिचलित र विमुख नहुन ध्यानाकर्षण गराएको बताए । अध्यक्ष केसीले कर्मचारीहरुको हक अधिकारको सम्बन्धमा संस्थाले छुटाउने, हटाउने, घटाउने वा कर्मचारीलाई कठिन पार्ने कार्य भए कर्मचारी यूनियन हात बांधेर नवस्ने समेत चेतावनी दिए ।

हाल भईरहेको शेयर खरीद बिक्रीका बारेमा संस्थाका शेयरधनि सदस्यहरुसंग जानकारी लिंदा अशिकांश शेयरधनि सदस्यहरु हाल भईरहेको बेच बिखनमा संलग्न नरहेको जानकारी आएको भन्दै युनियन सचिव कार्कीले केही शेयरधनिहरुले मेडिकल माफियाहरुको संलग्नतामा स्वास्थ्य, शिक्षा र बिरामीको उपचारमा खेलवाड गरी संस्थाका कर्मचारीहरु प्रति संस्थाको भुमिका लगायत संस्थाले निभाउनुपर्ने अभिभावकत्ववाट संस्था बिमुख हुँदै गईरहेको स्पष्ट देखीन आएको बताए ।

यस्तो छ ध्यानाकर्षण पत्र