आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

खेलकुद मन्त्री मनाङ्गेले नैतिकताका आधारमा दिए राजीनामा,विश्वासको मत नपाएका पृथ्वीसुब्बाले पदमुक्त गर्नु हास्यास्पद

गोकर्णेश्वर खबर२८ जेष्ठ २०७८, शुक्रबार ०८:५६ मा प्रकाशित (२ साल अघि) ६०० पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार राति ११ बजे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई इमेलमार्फत राजीनामा बुझाएका हुन् ।

उनले राजीनामा पठाएलगत्तै मुख्यमन्त्री गुरुङको सचिवालयले मन्त्री गुरुङलाई पदमुक्त गरिएको पत्र सार्वजनिक गरेको छ ।

मनाङेले मुख्यमन्त्री विश्वासको मत नपाएर पदमुक्त भएकाले नैतिकताको आधारमा पदमा बस्न नसकेको बताएका छन् । खासमा उनी विश्वासको मत नपाएसँगै स्वतः पदमुक्त हुन् । उनले राजीनामा बुझाएका मूख्यमन्त्री पनि पदमुक्त नै हुन् । यसर्थ राजीनामा र पदमुक्ति दुवै हास्यास्पद छन् । अझ राजीनामापछि पदमुक्त गर्नु त झनै हास्यास्पद ।

मनाङेलाई पदमुक्त गरिनुको कारणबारे केही खुलाइएको छैन । बिहीबार प्रदेश सभामा सरकारकै मन्त्री मनाङेले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिन आएनन् । त्यही कारण मुख्यमन्त्रीले मनाङेलाई पदमुक्त गरेको अनुमान छ ।