आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

फेरि मन्त्रिपरिषद विस्तार गर्दै ओली

गोकर्णेश्वर खबर२७ जेष्ठ २०७८, बिहीबार १३:४९ मा प्रकाशित (२ साल अघि) ५४७ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

ओलीले मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित बिहान बालुवाटारमा शीर्ष नेतासँग छलफल गरेका थिए ।

छलफलमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योगमन्त्रीमा जसपाका राजकिशोर यादवको चर्चा रहेको एक नेताले बताए ।

छलफलमा नेताहरुले बुझाएको नामावलीलाई प्रधानमन्त्रीले अन्तिम रुप दिएर मन्त्रिपरिषद विस्तार गर्ने ती नेताले बताए । ओलीले गणेश पहाडीलाई सामान्य प्रशासन, नारदमुनि रानालाई वन ज्वालाकुमारी साहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ ।