आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

माओवादीलाई २ र कांग्रेसलाई ३ मन्त्रालय दिएर सरकारमा सहभागी गराउँदै मुख्मन्त्री राउत,आजै सपथ

गोकर्णेश्वर खबर२६ जेष्ठ २०७८, बुधबार १९:२८ मा प्रकाशित (२ साल अघि) २६२ पाठक संख्या

जनकपुरधाम । प्रदेश दुई सरकारमा नेपाली कांग्रेसलाई ३ र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। थपिएका मन्त्रीको सपथ आज साँझ साढे ७ बजे हुने भएको छ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको हो।

यस्तै माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने विषयमा छलफल जारी रहेको छ।

माओवादी केन्द्रबाट सरकारमा भरतप्रसाद साह र जगत यादव सहभागी हुँदैछन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलेसमेत कांग्रेस र माओवादीलाई आजै सहभागी गराई सपथ ग्रहण हुने जानकारी दिए।