आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पछिल्लो २४ घण्टामा थप ४,३४४ जनामा कोरोना पुष्टि,८१ जनाको मृत्यु

गोकर्णेश्वर खबर२६ जेष्ठ २०७८, बुधबार १७:३९ मा प्रकाशित (२ साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।