आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौंमा चिनियाँ खोपको पहिलो डोज लगाउन ३२ वटा केन्द्र तोकियो

गोकर्णेश्वर खबर२४ जेष्ठ २०७८, सोमबार १६:३५ मा प्रकाशित (२ साल अघि) ५०० पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।