आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

फिफा विश्वकप छनौटमा नेपालले आज जोर्डनसँग खेल्दै

गोकर्णेश्वर खबर२४ जेष्ठ २०७८, सोमबार ०७:०३ मा प्रकाशित (२ साल अघि) ४७६ पाठक संख्या

काठमाडौँ( फिफा विश्वकप(२०२२ को दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ ।

जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । तर जोर्डनलाई जित्न नेपाललाई त्यति सजिलो भने छैन । यसअघिका तीन भेटमा दुईमा हार र एक बराबरी खेलेको नेपाल तुलानात्मक हिसावले कमजोर छ । तथापि अघिल्लो खेलमा चाईनिज ताईपेइलाई २(० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।

नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।