आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

एमाले एकताका लागि ६ बुँदे प्रस्ताव राख्दै ०७५ जेठ २ मा फर्कने ओलीको घोषणा

गोकर्णेश्वर खबर२४ जेष्ठ २०७८, सोमबार ०१:०५ मा प्रकाशित (२ साल अघि) १९८ पाठक संख्या

काठमाडौं । पार्टी एकताका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ गतेमा फर्किने घोषणा गरेका छन्।

एकताका लागि ६ बुँदे प्रस्ताव राख्दै उनले जेठ २ मा फर्किन तयार रहेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पार्टीभित्रको समस्या समाधानका लागि यो माग प्रमुख रुपमा उठाउँदै आएका थिए।

‘नेकपा एमालेलाई २०७५ जेठ ३ को पूर्ववत अवस्थामा अघि बढाइने छ’ प्रस्तावमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु मध्ये एकताको पक्षामा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछ।’

यस्तै, प्रस्तावमा भनिएको छ, ‘मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुनेछन्।’

यसैगरी ‘संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने’ प्रस्ताव गरिएको छ।

ओलीले सो प्रस्तावमा ‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने’ अपेक्षा गरेका छन्।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले ‘यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन’ भनि प्रतिवद्धतासमेत जाहेर गरेका छन्।

उनले ‘नेकपा एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान’ गर्ने अपेक्षा पनि गरेका छन्।

यस्ता छन् प्रस्तावहरु ः