आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सिरहामा गोली चल्यो : औषधी व्यवसायी घाइते

गोकर्णेश्वर खबर२३ जेष्ठ २०७८, आईतवार ०९:२८ मा प्रकाशित (२ साल अघि) ४७१ पाठक संख्या

जनकपुरधाम । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्को तिघ्रामा लागेको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको र घट्नाको विषयमा अन्य अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।