आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

पहाडी भेगमा वर्षाको सम्भावना

गोकर्णेश्वर खबर२३ जेष्ठ २०७८, आईतवार ०८:५८ मा प्रकाशित (२ साल अघि) ४४३ पाठक संख्या

काठमाडौं । आज आइतबार पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश १ र कर्णाली प्रदेशमा मौसम सामान्य बदली (घामभन्दा बादल बढी) र बाँकी प्रदेशमा आंशिक बदली (बादलभन्दा घाम बढी) छ।

दिउँसो भने पहाडी भेगका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा हुन सम्भावना छ। यसबाहेक प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ।

यस्तै राति पनि प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसबाहेक पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ।

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ।