आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

उपप्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै महतोले दोहोर्‍याए बहुल राज्यको कुरा,सर्वत्र विरोध

गोकर्णेश्वर खबर२२ जेष्ठ २०७८, शनिबार २१:५६ मा प्रकाशित (२ साल अघि) ३५२ पाठक संख्या

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने दोहोर्‍याएका छन्।

शनिबार नवनियुक्त मन्त्रीहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै महतोले नेपाल बहुलताले भरिएको देश भएको ले बहुल राज्य हुन आवश्यक रहेको बताएका हुन्।

मन्त्री नियुक्त भएपछि पदभार सम्हाले क्रममा पनि उनले बहुल राज्यको लागि संघर्षरत रहेको बताएका थिए। उनको यो अभिव्यक्ति प्रति कडा टिप्पणी भइरहेका छन्।

ुनेपाल विविधताले भरिएको देश हो। त्यसैले बहुल राष्ट्रिय राज्य हो। त्यसो हुनाले यहाँको नियम कानुन संविधान त्यही अनुसार हुनुपर्छ, उनले भने, ुविविधताले भरिएको देश एकल हुन सक्दैन। यो नभएसम्म देशमा सबैले त्यसका लागि संघर्ष गरिरहन्छन्।

उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेकोले उनीहरुलाई सहभागी गराउनु पर्ने बताए। एकल जातीय प्रभाव परेका ठाउँलाई वहुलतामा लैजानु पर्ने उनको धारणा थियो।

महतोको भनाईप्रति एमाले नेता वामदेव गौतमले संविधानको मर्म विपरित कार्य गर्ने छैन भनी सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको बताउनु दुखद भएको बताएका थिए।

यस्तै नेकपा एमालेका नेता योगेश भट्टराईले पहिलो र दोश्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहुराष्ट्रिय राज्यको बहस उपप्रधानमन्त्रीले पुनः उठाउनु राम्रो संकेत नभएको बताएका छन्। तर प्रधानमन्त्री ओलीे भने यसबारे मौन रहँदै आएका छन् । सरकार र सत्ता टिकाउन जसपाका नाजायज माग पनि सम्बोधन गर्ने आश्वसन दिदैं प्रधानमन्त्री ओलीले जसपाको महन्थ पक्षलाई सरकारमा सहभागी गराएका छन् ।