आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

आईसीसी विश्वकप सुपर लिग स् नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित

गोकर्णेश्वर खबर२२ जेष्ठ २०७८, शनिबार ०७:१५ मा प्रकाशित (२ साल अघि) ३५७ पाठक संख्या

काठमाडौँ( आईसीसी विश्वकप सुपर लिग क्रिकेटको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

आयरल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । जितसँगै आयरल्यान्डले तीन खेलको सिरिज १(१ को बराबरी गरेको छ ।