आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

लायन्स इन्टरनेसनल डाइरेक्टरमा सिटौलाकै पल्ला भारी हुने दावी

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार १७:५९ मा प्रकाशित (२ साल अघि) ५४४ पाठक संख्या

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौला अगाडी रहेको लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले दावी गरेको छ।

जेष्ठ २१ र २२ गते हुने मल्टिपल कन्भेन्सनमा बिधुतिय मतदानका लागि एक दिनको समय बाँकि रहँदा डिस्ट्रिक ए १ ले गरेको नमुना मतदान र सर्वेक्षणमा सिटौला करिव १०० मतले अगाडी रहेको सिटौलाका निर्वाचन अभियान प्रचार प्रमुख लायन राजन श्रेष्ठले दावी गरेका छन।

लायन्स क्लव इन्टरनेसनलमा सिटौलाले गरेको योगदान र विगतमा भएका सहमतिका आधारमा सबै डिस्ट्रिकका लायन मतदाताहरुले मत दिने विश्वास व्यक्त गरे । उनले सिटौला सबैको साझा उम्मेदवार बन्ने समेत दावी गरेका छन।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ए १ मा ६०१,ए २ मा ४६१ ,बि १ मा ११६८ र बि २ मा ७४७ मतदाता रहेका छन।