आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

२४ घण्टामा ६ हजार ८२५ संक्रमित थपिए, ५ हजार ९०४ जना डिस्चार्ज

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार १७:५२ मा प्रकाशित (२ साल अघि) २५५ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ५६२ जनाको पीसीआर परीक्षणमा ५ हजार ८२५ र ३ हजार २११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार जना गरी कुल ६ हजार ८२५ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ९०४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।