FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

थप ७५ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार १७:३५ मा प्रकाशित (२ हफ्ता अघि) १०६ पाठक संख्या

काठमाडौँ– नेपालमा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ७५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।