आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार १७:०९ मा प्रकाशित (२ साल अघि) ४५९ पाठक संख्या

बङ्गलादेश । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।
ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा। वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गरिएको उक्त दूतावासले आज जनाएको छ ।
त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे ।