आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौं : डा. भट्टराई

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार ११:०९ मा प्रकाशित (२ साल अघि) २२२ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

डा. भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको बताएका छन् ।

उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् ।