आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

कांग्रेस नेता बस्नेतको सराहनीय कामले जनता खुसी !

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार ०८:०३ मा प्रकाशित (२ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं – सत्तारुढ दल नेकपा एमाले र त्यसका नेताहरू अनेक विवादमा फसिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर सराहनीय काम गरेका छन् ।

गृहजिल्ला सिन्धुपाल्चोकका कोरोना संक्रमितलाई अस्पताल आउजाउ गर्न एम्बुलेन्स अभाव भएपछि नेता बस्नेतले आफ्नै गाडी दिएका छन् ।

नेता बस्नेतले गाडी फिर्ता गर्नु नपर्ने गरी सहयोग गरेको बताए । बस्नेतले चालकसहित १ वर्षका लागि इन्धन खर्च समेत आफूले नै व्यहोर्ने घोषणा गरिसकेका छन् ।

नेता बस्नेतकै पहलमा सिन्धुपाल्चोकमा कोरोना संक्रमितलाई उपचार गर्न १०० शय्याको अस्पताल समेत तयार गरिएको छ ।

कोरोना अस्पतालमा अक्सिजनसहित उपचारको व्यवस्थापन गरिएको छ । बस्नेतको कामबाट जनता खुसी भएका छन् ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा विभिन्न समाजसेवाका काम गर्दै आएका छन् ।