आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालमा ब्ल्याक फंगसको संक्रमण बढ्यो, तीन जनाको मृत्यु

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार ०६:४५ मा प्रकाशित (२ साल अघि) ४६२ पाठक संख्या

काठमाडौं । भारतमा महामारीको रुप लिन थालेको ब्ल्याक फंगसबाट नेपालमा तीन जनाको मृत्यु भएको छ ।

वीरगंज र काठमाडौँसहितका अस्पतालमा ब्ल्याक फंगसका तीन संक्रमितको मृत्यु भएको हो ।

ब्ल्याक फंगसबाट वीरगंज महानगरपालिका–२७ अलौंकी ६५ वर्षीया महिला, बारा जिल्ला घर भई विरगञ्‍ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगंज(१३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालका कोभिड–१९ उपचार इन्चार्ज चिकित्सक डा नीरज सिंहले जानकारी दिनुभयो ।

वीरगंजमा ८ जनामा ब्ल्याक फंगस संक्रमण भेटिएकोमा तीन जनाको मृत्यु भएको हो । बाँकी ५ जनालाई थप उपचारका लागि भारत पठाइएको चिकित्सक सिंहले बताउनुभयो । उनीहरूको उपचार पटना र लखनउमा भइरहेको बताइएको छ ।

कोभिड–१९ संक्रमित व्यक्तिमा लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको डा सिंहले बताउनुभयो । नेपालमा संक्रमण देखिएका आठै जना कोभिडबाट निको भइसकेकाहरू रहेको पनि उहाँले जानकारी दिनुभयो ।