आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वरका युवाहरुको संक्रियतामा मास्क तथा सेनिटाइजर वितरण,जनचेतना जगाउन वडाध्यक्ष ढुंगानानै फिल्डमा खटिए

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १९:०६ मा प्रकाशित (२ साल अघि) ५१५ पाठक संख्या

काठमाडौं । कोरोनाको दोस्रो भेरियन्ट तिव्र रुपमा फैलदै गएपछि गोकर्णेश्वर नगरपालिका-८ का युवाहरुको संक्रियतामा विभिन्न स्वास्थ सामाग्रीहरु वितरण गरिएको छ । सरकारले तोकेको जनस्वास्थ्यका मापदण्डहरु पालन गराउँदै स्थानियहरुवासीलाई मास्क ,सेनिटाइजर लगायत विभिन्न औषधीहरु वितरण गरिएको हो । कोरोना संक्रमणबाट बच्न मास्क ,सेनिटाइजर प्रमुख रहेको भन्दै यस्तो कार्यक्रमलाई प्राथमिकता दिइएको हो । स्वास्थ्य सामाग्री वितरण कार्यक्रमको विशेष पहल गोनपा -८ का समाजसेवी युवा मनोज गोलेले गरेका थिए भने उनको पहलकदमीमा अन्य स्थानीय युवाहरुले पनि सहभागिता जनाएका थिए ।

आज बिहान गोकर्णेश्वर -८ स्थित माकलबारी सानो पुलमा स्थानीय युवाहरुले माक्स तथा सेनिटाइजर लगायत औषधिहरु वितरण गरेको समाजसेवी युवा गोलेले जानकारी दिए ।उनका अनुसार माक्स तथा सेनिटाइजर वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रवक्ता एव्म वडा ८ का अध्यक्ष मनोज ढुंगाना, माकलबारी युवा क्लवका अध्यक्ष सुजन थापा, अमित खड्का लगायत स्थानीय युवाहरुको उपस्थित रहेको थियो ।

वडा अध्यक्ष ढुंगानानै आफै उपस्थित भएर स्थानियहरुलाई मास्क तथा सेनेटाइजर वितरण गरेका थिए । अध्यक्ष ढुंगानाले माकलबारीमा रहेको अस्थाई पुलीस विटका प्रहरी सहायक निरीक्षकलाई पनि १ सय पिस माक्स तथा १ लिटर सेनिटाइजर वितरण गरेका थिए । आज करिव ८ सय भन्दा बढी स्थानियहरुलाई मास्क वितरण गरिएको छ ।

कार्यक्रममा माक्स वितरण संगै नागरिकहरुमा कोरोनाबारे जनचेतना, सचेतना र कोरोनाबाट सतर्क र स्वास्थ्य सावधानी अपनाउन समेत अग्रह गरिएको थियो