आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

केही दिन अघिसम्म आमनेसाम्ने हुँदा पनि नबोल्ने ईश्वर पोखरेल र योगेश भट्टराईबीच एक्लाएक्लै भेट,माधव पक्षलाई धक्का लाग्ने सम्भावना ज्याँदा

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १७:२५ मा प्रकाशित (२ साल अघि) ४०८ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सोहि पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईबीच आज बुधबार छलफल भएको छ।

दुई नेताबीच एमालेको आगामी राजनीतिलाई के कसरी अघि बढाउने भन्नेबारेमा छलफल भएको स्रोतको भनाइ छ।

पोखरेल र भट्टराईबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बुधबार अपरान्ह ३ बजेदेखि एक्लाएक्लै कुराकानी भएको थियो।

सो कुराकानी करिब ३५–४० मिनेटसम्म भएको थियो।

एमालेमा माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहतर्फ निकट रहेका भट्टराई केहि समयदेखि अध्यक्ष तथा प्रधानमन्त्री ओलीतर्फ निकट बन्दै गइरहेका थिए।

उनी कता लाग्ने हुन् भन्ने अझै प्रष्ट नभइरहेका बेला ओली तर्फका एक प्रमुख नेता पोखरेलसँग भएको छलफललाई निकै अर्थपूर्णरुपमा लिन सकिन्छ।

ताप्लेजुङ जिल्लाबाट निर्वाचित भट्टराईलाई एमालेमै रहेको अवस्थामा प्रधानमन्त्री ओलीले उनलाई पूर्वी क्षेत्रको विशेष जिम्मेवारी दिने प्रस्ताव गरेको बताइएको छ।

‘पार्टीमा आगामी जिम्मेवारी र समग्र विषयमा छलफल भएको बुझिएको छ,’ बैठकबारे जानकार स्रोतले भन्यो।