आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

थप ५,३१६ जनामा कोरोना पुष्टि, ७,२१९ संक्रमणमुक्त

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १६:५८ मा प्रकाशित (२ साल अघि) ४५२ पाठक संख्या

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ५ हजार ३ सय १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर आरटी पिसिआरबाट ४ हजार ५ सय २४ र एन्टिजेनबाट ७ सय ९२ जना गरी ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ४६ जना र भेन्टिलेटरमा ३ सय ८५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ७ हजार २ सय १८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ७ हजार २ सय १८ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ६१ हजार ५ सय ६२ जना पुगेको छ । निको हुने दर ८०।८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय १ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ सय पुगेको छ ।