आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

केही खुकुलो गर्दै काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो (आदेशसहित)

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १६:४७ मा प्रकाशित (२ साल अघि) ३९१ पाठक संख्या

काठमाडौँ– कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ ।

यस पटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गरिएको छ । यसअघि किराना पसल, डिपार्टमेन्ट स्टोर लगायत पूर्ण बन्द गरिए पनि अहिले केही खुकुलो गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जेठ २१ गतेदेखि लागू हुने गरी फेरि निषेधाज्ञा थपिएको हो यसअघि थपिएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिनेछ ।

अब लागू हुने निषेधाज्ञामा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश