आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेप्लिज अमेरीकन नर्सेस एसोसियशन (नाना) द्वारा १० लाख बराबारको सहयोग नेपाललाई

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १६:०३ मा प्रकाशित (२ साल अघि) ४५६ पाठक संख्या

नेप्लिज अमेरिकन नर्सिङ एसोसिएशन ( नाना) अमेरिकाको बिभिन्न राज्यका अस्पतालहरुमा कार्यरत रजिस्टर्ड नर्सहरुको छाता संगठन हो ।

सन् २०१२ मा स्थापन भएको नानाले स्थापनाकालको सुरुवाती दिन देखि नै अमेरीकामा हुने बिभिन्न सामाजिक गतिबिधिहरुमा स्वास्थ्य सेवाको रुपमा सहयोगी भुमिका खेल्दै आउनुको साथै नेपाली बिधार्र्थीहरु जो थप अध्ययन गर्न चाहनेको लागी Grand Canyon University मा १०% छात्रबृति पनि उपलब्ध गराउदै आईरहेको नानाले नेपालमा सन २०१५ मा आएको विनासकारी महाभुकम्पको समयमा रु ४० लाख बरारबको आपत्कालिन सहयोग सामाग्री संकलन गरि हस्तान्तरण गरेको थियो ।

यसपाली भने कोभिड १९ को दोस्रो लहरमा अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि ल्ढछ मास्क अभाव भएको जानकारीका आधारमा नानाले अमेरिकाको बिभिन्न स्थानमा रकम संकलन गरि पहिलो चरणमा १६ हजार ५ सय थान मास्क देश भरका ११ वटा निजी तथा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो । नानाका अध्यक्ष पुर्ण देवि महर्जनले भने “जन्म भुमिलाई दुख्दा हेरेर बस्न नसकिने रहेछ जस्तो सुकै संकटमा पनि आफ्नो क्षमताले भ्याए सम्मको सहयोग गर्नेछौ ।” ११ वटै अस्पतालमा नानाका पदाधिकारी आफै सामान बोकेर पुगेका थिए ।

अमेरिकाबाट आएको नानाको प्रतिनिधिहरु अध्यक्ष पुर्ण महर्जन र आजिवन सदस्य सारिका थापाले विर अस्पताल,टिचिङ अस्पताल,मनमोहन कार्डियोलोजि सेन्टर,ट्रमा सेन्टर,शुक्रराज ट्रपिकल अस्पताल टेकु,जनमैत्री अस्पताल,सिभिल अस्पताल,पाटन अस्पताल,धुलिखेल अस्पताल,कपिलवस्तु अस्पताल र नेपालगञ्ज अस्पताललाई मास्क हस्तान्तरण गरेको हो । नानाको सहयोग बुझ्दै राष्ट्रिय ट्रमा सेन्टरका निमित्त प्रमुख डा। सन्तोष पौडेलले भने “अमेरिकामा सकृय नर्सहरुको सहयोगले चिकित्सकहरुलाई अत्यन्तै सहयोग गर्ने छ, नानालाई हार्दिक आभार प्रकट गर्दछु ।” सिभिल अस्पतालका निर्देशक प्रा।डा। बिद्यान निधी पौडेलले भने “आफुहरुसँग केही समयका लागि मास्क स्टक भए पनि नानाले दिएको मास्ले अझ धेरै बल प्रदान गरेको छ, नानाको टिमलाई धेरै(धेरै धन्यवाद ब्यक्त गर्दछु” त्यस्तै मनमोहान कार्डियो सेन्टरका वरिष्ट सर्जन डा। भगवान कोइरालाले बिदशी भुमिमा बसेर नेपालमा संकट पर्दा नर्सहरुले निर्वाह गरेको भुमिका प्रसंसनिय भएको बताउनु भयो ।

२ हजार थान मास्क बुझ्दै टेकु अस्पतालका निर्देशक डा। सागर कुमार राज भण्डारीले कोभिडका बिरामीको पहिलो रोजाईमा पर्ने गरेको अस्पताललाई महत्वपुर्ण सहयोग गरेकोमा नानालाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।