आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइयो, किराना र खाद्यान्यका डिपार्टमेन्ट स्टोर खोल्न पाइने

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १४:४६ मा प्रकाशित (२ साल अघि) ६६५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ । उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

जेठ १४ गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्यका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ गतेदेखि सो आदेशलाई थप कडा गरिएको थियो ।

तर, किराना र डिपार्डमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

“हामीले केही मोडालिटी फेरबदल गरेपनि निषेधाज्ञालाई नै निरन्तरता दिने निर्णय गरेको छौँ । यसअघि थप गरिएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिँदै छ । अहिले १० दिन थप गरेर जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएका छौँ,” प्रजिअ पराजुलीले भने ।

पहिलेको निषेधाज्ञामा खाद्यान्य पसल बन्द गरेर कडाइ गरिएको थियो । केही दिनयता काठमाडौंको संक्रमण दरमा कमी आएकाले निषेधाज्ञा खुकुले बनाउने निष्कर्षमा अधिकारीहरु पुगेका हुन् ।