आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमाले स्थायी कमिटी बैठक अपरान्ह ४ बजे बस्दै

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार १२:१६ मा प्रकाशित (२ साल अघि) १९६ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए।

आजको बैठकमा के के विषयमा छलफल हुनेछ भन्ने खुलाइएको छैन। पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन्।

यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो।

नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस प्रगति भइनसकेको बताएको छ।

ुसोमबार राति कुराकानी भएको हो त्यसयता कुनै प्रगति भएको छैन,’ नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले भने।

यसअघि ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरूले सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा झन्डै चार घन्टा छलफल गरेका थिए।