आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नवलपरासीस्थित चौधरी उद्योगग्रामको बियर प्लान्टमा भीषण आगलागी

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार ११:४७ मा प्रकाशित (२ साल अघि) ३६१ पाठक संख्या

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।
उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।’

उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।