आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

खाडी मुलुक र मलेसियाबाट आउने नेपालीले पाँच दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १६:३७ मा प्रकाशित (२ साल अघि) ६०० पाठक संख्या

काठमाडौं । रोजगारीमा विदेश गएका श्रमिक नेपालीले घर आउँदा ५ दिन मात्रै होटेल क्वरेन्टिन बसे पुग्ने भएको छ । सरकारले खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने मापदण्ड ल्याएको हो ।

भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एकरएक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै सरकारले मापदण्ड बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर, गन्तव्यमा जान दिइनेछ । मन्त्रालयले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो ।