आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कांग्रेसले सुरु गर्‍यो ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १६:१८ मा प्रकाशित (२ साल अघि) ३१० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समूह निर्माण गरेको छ ।

कोरोना उपचारका उपकरणहरुको पुनःनिर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरु एवम् आवश्यक व्यक्तिहरुलाई देशव्यापीरुपमा निःशुल्क सेवाको उद्देश्यका साथ कांग्रेसले‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गरेको हो ।

कोरोना महामारीबाट दैनिकरुपमा सय बढीको मृत्यु भइरहेको यो स्थिति नियन्त्रण गर्दै नागरिकको रक्षा गर्न र महामारी उपर विजय हासिल गर्न यो अभियानले सहयोग पुग्ने कांग्रेसको विश्वास छ ।

देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरु अथवा होम आइसोलेसनमा रहेका संक्रमितले प्रयोग गरिरहेको उपकरणहरुमा कुनैपनि प्रकृतिको प्राविधिक समस्या देखिए तिनको निःशुल्क मर्मत र समाधान गर्ने र उपकरण सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई माध्यमबाट प्रशिक्षित गर्ने गरी अभियानको दुई लक्ष्य रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।