आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

संवैधानिक इजलासप्रति प्रश्न उठेपछि प्रधानन्यायाधीश भेट्न पुगे सर्वोच्च बारका अध्यक्ष शाक्य

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १२:०२ मा प्रकाशित (३ साल अघि) ७३१ पाठक संख्या

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न बनेको संवैधानिक इजलासप्रति प्रश्न उठेपछि यस विषयमा पुनःविचार गर्न माग गर्दै सर्वोच्च अदालत बार एसोसिएसनको टोलीले अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्दै छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश भेट्न आफूहरू अदालत जाँदै गरेको जानकारी दिए।

संसद् विघटनविरुद्धको बहसमा सहभागी वकिलले संवैधानिक इजलासमा रहेका ५ जनामध्ये न्यायाधीशद्वय तेजबहादुर र केसी र बमकुमार श्रेष्ठको निष्पक्षतामा प्रश्न उठाउँदै उनीहरूलाई इजलासबाट हटाउनुपर्ने माग गरेका छन्।

तर प्रधानान्यायाधीश जबराले स्वनिर्णय गर्न दिएका उनीहरूले इजलास नछाड्ने अडान लिएका कारण त्यही इजलासमा आज मुद्दाको सुनवाइ गर्ने तयारी भइरहेको छ।

त्यसअगाडि सर्वोच्च अदालत बार एसोसिएनको टोलीले यस विषयमा पुनःविचार गर्न भन्दै प्रधानन्यायाधीश जबरालाई भेट्न लागेको हो।